Opens in a new tab

देश

बझाङमा बुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ

नवलपुर टुडे
२०७८ चैत्र १५ | बिहान ०८:१२ बजे

बझाङ, चैत १५ । बझाङमा बुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ परेका छन् । २२ वर्षीय बुहारी (भाइकी श्रीमती) लार्ई बलात्कार गरेको आरोपमा ४२ वर्षीय जेठाजुलाई प्रहरीले नपक्राउ गरेको हो ।

चैत १२ गते बेलुकी बुहारीको कोठाभित्र प्रवेश गरी हात र मुख च्यापी जबरजस्ती करणी गरेको भन्ने पीडितले चैत १३ गते जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई केदारस्युँ गाउँपालिका–१ देउरा बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी ज्ञानबहादुर विष्टले बताए ।

पीडित जेठानीको सहायतामा प्रहरीको सम्पर्कमा पुगेका थिए । प्रहरीले स्वास्थ परीक्षणपछि युवतीलाई हिंसा प्रभावितको क्षेत्रमा काम गरिराखेको महिला सुरक्षित आवास गृहको जिम्मा लगाई आरोपीविरुद्ध मुद्दा चलाएको छ । पीडित र पीडकको नाम ठेगाना भने प्रहरीले गोप्य राखेको छ ।

कमेन्टहरु