सांसद बृजेशकुमार गुप्ता एमाले प्रवेश, अध्यक्ष ओलीले गरे स्वागत


कपिलवस्तु, चैत १४ । पूर्वमन्त्री तथा सांसद बृजेशकुमार गुप्ता औपचारिक रुपमा नेकपा एमाले प्रवेश गरेका छन् । सोमबार कपिलबस्तुको तौलिहवामा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले उनलाई स्वागत गरेका हुन् ।
उक्त कार्यक्रममा गुप्तासहित विभिन्न पार्टी परित्याग गरेकाहरूलाई अध्यक्ष ओलीले एमालेमा प्रवेश गराएका थिए । कार्यक्रममा प्रदेश सांसद धर्मबहादुर श्रीवास्तव, कपिलवस्तु नगपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुदिप पौडेल, वडा नम्बर ४ का वडा अध्यक्ष रविन्द्र त्रिपाठी, वडा नम्बर १२ का वडा अध्यक्ष ओमप्रकाश पाण्डेय र बुद्धभूमि नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नन्दलाल यादव एमाले प्रवेश गरेका थिए ।
त्यसैगरी कार्यक्रममा यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष शहबुद्धिन मुसलमान, कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ता, पूर्व उपमेयर वासुदेव कसौधन, कृष्नगरका युवा नेता कुनालप्रताप शाहलगायतका नेताकार्यकर्ता पनि एमाले प्रवेश गरेको थिए ।






















