Opens in a new tab

समाचार

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह स्थगित

नवलपुर टुडे
२०७८ चैत्र १४ | बिहान ०९:१२ बजे

सुर्खेत, चैत १४ । मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह स्थगित भएको छ। यही चैत १६ गतेका लागि निर्धारित दीक्षान्त समारोह अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको विश्वविद्यालयले जनाएको छ।

विश्वविद्यालयका रजिष्ट्रार प्राडा नारायणप्रसाद पौडेलले दीक्षान्त समारोह स्थगित भएको जानकारी दिए।

विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह २०७४ साल असारमा भएको थियो। यसयता विश्वविद्यालयले दीक्षान्त समारोह सञ्चालन गर्न सकेको छैन।

कमेन्टहरु