राजनीति

राष्ट्रिय प्रजातन्त्र पार्टी पश्चिम नवलपरासीले परासीमा बृहत आमसभा गर्दै

नवलपुर टुडे
२०७८ चैत्र १३ | मध्यान्ह १०:१२ बजे

रामजी प्रजापति
नवलपरासी, चैत १३ । राष्ट्रिय प्रजातान्त्र पार्टी पश्चिम नवलपरासीले भाेली परासीमा बृहत् आम सभा गरिने पार्टीले जनाएकाे छ । आम सभाबारे आज परासीमा पत्रकार समेलन गरी कार्यक्रमबारे जानकारी गराईएकाे हाे ।

कार्यक्रमबारे जानकारी गराउदै राप्रपाका केन्द्रीय बरिस्ठ उपाध्यक्ष ध्रुव बहादुर प्रधानले अहिले निर्वाचनमा कसैसँग तालमेल गर्न आधिकारिक निर्णय नभएकाे तर स्थानीय स्तरमा हेरेर तालमेल हुन सक्ने बताउनु भयो । अहिले राप्रापामा युवाहरुकाे प्रवेशकाे जनलहर चलेकाे समेत बताउनु भयाे ।

राप्रपाले शुसासनकाे अभियान, भ्रष्टाचार, अनियमितताकाे बिरुद्ध, राष्ट्रिय एकता लगायतका मुद्दा लिएर आमनागरिक समक्ष पुगेकाेले आमनागरिकहरुले राप्रपा पार्टीप्रति आकर्षण बढ्दै गएकाे प्रधानले बताउनु भयाे । गाँउगाँउमा धमाधम संगठन बिस्तार भईरहेकाेले निर्वाचनमा राम्रो परिणाम आउने आकलन गरिएकाे बताईएकाे छ ।

अहिलेकाे मत परिणामले अघिल्लो निर्वाचनमा पार्टीकाे परिणाम राम्राे हुने बताईएकाे छ । भाेलि हुने कार्यक्रम राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन, बरिष्ठ नेता दिपक बाेहाेरा, पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही लगायतले सम्बाेधन गर्ने राप्रपा नवलपरासीले जनाएकाे छ ।कार्यक्रमका लागि पुर्णरुपमा तयारी भईसकेकाे समेत बताईएकाे छ । सभामा सहर र गाँउगाँउबाट कार्यकर्ता आउने बताईएकाे छ ।

कमेन्टहरु