Opens in a new tab

देश

शंखमूलमा युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा पाँच जना पक्राउ

नवलपुर टुडे
२०७८ चैत्र १० | मध्यान्ह ०२:१२ बजे

काठमाडौं, चैत १० । ललितपुरको महालक्ष्मी नगरपालिकामा डेरा गरी बस्दै आएका २५ वर्षीय सुरज खड्कालाई खुकुरी प्रहार गरी फरार रहेको आरोपमा पाँचजना पक्राउ परेका छन् । उनीहरूले हिजो काठमाडौंको शंखमूल पुल नजिकै खड्कामाथि खकुरी प्रहार गरेको आरोप छ ।

महानगरीय अपराध महाशाखाका टोलीले उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूले आर्थिक कारोबार तथा प्रेमसम्बन्धी विषयमा विवाद हुँदा खुकुरी प्रहार गरेको खुलेको छ । घाइते खड्काको ट्रामा सेन्टरमा उपचार भइरहेको छ ।

पक्राउ पर्नेहरूमा रामेछापको मन्थलीका १९ वर्षीय राजेश बुढाथोकी, दोलखाको नाम्दु घर भई काठमाडौंको जडीबुटी बस्दै आएका ३४ वर्षीय रोशन लामा, भक्तपुरको मध्यपुर थिमि बस्दै आएका २३ वर्षीय पुकार केसी, सिन्धुपाल्चोकको बतासेका २३ वर्षीय प्रविण नेपाल र रामेछापको खाडादेवीका २७ वर्षीय सञ्जीव मोक्तान रहेका छन् ।

उनीहरूमाथि थप अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको महाशाखाले जनाएको छ ।

कमेन्टहरु