उपाध्यक्ष कप खुल्ला भलिबल प्रतियोगितामा नेपाली र भारतीय कलाकारहरुकाे वेजाेड प्रस्तुति हुने


रामजी प्रजापति
नवलपरासी,१० चैत । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाद्धारा आयाेजित तथा सरावल खेलकुद समितिकाे सहकार्यमा सरावल उपाध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता चैत ११ गते शुक्रबारदेखि सुरु हुने भएको छ ।
उपाध्यक्ष कप खुल्ला भलिबल प्रतियोगितामा नेपाल र भारतीय कलाकारहरुकाे वेजाेड प्रस्तु रहने सरावल खेलकुद समितिका अध्यक्ष महेन्द्र चाैधरीले जानकारी दिनुभएको छ।
गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरी र उपाध्यक्ष उत्तमा रायको उपस्थितिमा हुने भएको सरावल उपाध्यक्ष कप खुल्ला भलिबल प्रतियोगितामा भारतको भोजपुरी लोकप्रिय गायक सोनु साजन, जुगेश निराला, नितु सिँह भोजपुरी लोकप्रिय नेपाली गायक अकलेस लाल यादव, अनिल सावरिया तथा नेपाल गोल्डेन आइडल सिजन ५ का उपबिजेता विजय कुमार गुप्ता, राधाकृष्ण झाक्रीसहित रामजि प्रजापतिको प्रस्तुतीसमेत रहने समितिका अध्यक्ष चाैधरीले बताए ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुलनाराका साथ हुन गईरहेकाे प्रथम सरावल उपाध्यक्ष कप खुल्ला भलिबल प्रतियोगितामा प्रथम पुरस्कार नगद रु १०००००/- एक लाख, द्धितीय पुरस्कार नगद रु ५००००/- पचास हजार र तृतीय पुरस्कार नगद रु १५०००/- पन्ध्र हजार तथा सान्त्वना पुरस्कार नगद रु १००००/- दस हजार रहेको जनाएईकाे छ ।























