Opens in a new tab

समाचार

संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

नवलपुर टुडे
२०७८ चैत्र ९ | बिहान ०९:१२ बजे

काठमाडौं, चैत ९ । संवैधानिक निकायका पदाधिकारीको नियुक्तिविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै छ। गत वर्ष केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको थियो।

अध्यादेशपछि संवैधानिक परिषद् ५२ पदाधिकारीको नियुक्तिका लागि सिफारिश गरेको थियो। अध्यादेशमार्फत संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन गरेर पादधिकारी नियुक्तको प्रक्रिया सहज बनाएका थिए। यो संविधान विपरीत भएको भन्द सर्वोच्च अदालतमा रिट परेको थियो।

तर, लामो समयसम्म यस रिटमाथि सुनुवाइ हुन सकेको थिएन्। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा निलम्बनमा परेसँगै कायममुकाम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सुनुवाइ तोकेका हुन्।

गत शुक्रबार कामु प्रधानन्यायाधीश कार्की, न्यायाधीशहरू मिरा खड़का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा सुनुवाइ भएको थियो। सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ।

त्यसमाथि आज सुनुवाइ तोकिएको छ। आजको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ।

कमेन्टहरु