एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै

नवलपुर टुडे
२०७८ चैत्र ९ | बिहान ०७:१२ बजे

काठमाडौं, चैत ९ । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा बस्ने भएको हो ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्ने र त्यस प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।
चुनावमा केन्द्रित रहने बैठकमा पार्टीका विभागलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय र पोलिटब्युरो कमिटी बैठकको निर्णय अनुमोदनलगायत प्रस्ताव पनि अध्यक्ष ओलीले प्रस्तावको रूपमा पेस गर्ने छन् ।
बैठक दुई दिनसम्म चल्ने छ ।






















