अभिनेत्री करिश्मा मानन्धर भोलि एमाले प्रवेश गर्दै

नवलपुर टुडे
२०७८ चैत्र ७ | मध्यान्ह ०९:१२ बजे

काठमाडौँ, चैत ७ । अभिनेत्री करिश्मा मानन्धर भोलि नेकपा एमाले प्रवेश गर्दै छिन् ।
केही दिन अघिदेखि नै एमालेमा जाने चर्चा चलेकी करिश्मालाई मंगलबार एमाले केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्ने भएका हुन् ।
अभिनेत्री मानन्धरका साथै पूर्वमन्त्री प्रेम बहादुर सिंह पनि एमाले प्रवेश गर्दैछन् । सिंह अध्यक्ष रहेको समाजवादी जनता पार्टी एमालेमा विलय हुन लागेको स्रोतको दाबी छ ।






















