राजनीति

राष्ट्रियस्तरमा कुनै पार्टीसँग चुनावमा तालमेल गर्दैनौं : विशाल भट्टराई

नवलपुर टुडे
२०७८ चैत्र ७ | मध्यान्ह १२:१२ बजे

काठमाडौं, चैत ७ । नेकपा एमालेका नेता विशाल भट्टराईले आगामी स्थानीय तहको निर्वाचनमा एमालेले एक्लै प्रतिस्पर्धा गर्ने बताएका छन् । एमालेका प्रमुख सचेतक समेत रहेका भट्टराईले राष्ट्रियस्तरमा एमालेले कुनै पार्टीसँग गठबन्धन वा तालमेल नगर्ने स्पष्ट पारे ।

आज पार्टीको पोलिटब्यूरो बैठक सुरू हुनुअघि पत्रकारहरूसँग कुरा गर्दै सचेतक भट्टराईले यस्तो बताएका हुन् । उनले आजको पोलिटब्यूरोको बैठक आगामी केन्द्रीय समितिको बैठकको तयारी तथा स्थानीय तहको चुनावमै केन्द्रित हुने जानकारी दिए ।

सम्भावित तालमेलका विषयमा सोधिएको प्रश्नको जवाफमा भट्टराईले भने, ‘एमाले एकदम स्पष्ट छ । हाम्रो पार्टीले यो स्थानीय तहको चुनावमा राष्ट्रियस्तरमा कुनै पनि पार्टीसँग गठबन्धन गर्दैन । एमाले एक्लै लड्छ ।’

उनले स्थानीय आवश्यकताअनुसार कहिँकतै स्थानीय तहमा तालमेल र सहकार्य भने हुन सक्ने बताए ।

कमेन्टहरु