एकीकृत समाजवादीले एमसीसी सम्झौतालाई संसदमा टेबल गर्न नरोक्ने

जगत ठाडा मगर
२०७८ फाल्गुन ७ | मध्यान्ह ०३:११ बजे

काठमाडौ, फागुन ७ । नेकपा (एकीकृत समाजवादी) ले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतालाई संसदमा टेबल गर्न नरोक्ने भएको छ ।
सहरी विकास मन्त्री तथा पार्टी सचिव रामकुमारी झाँक्रीले स्थायी समिति बैठकले एमसीसी सम्झौतालाई संसदमा टेबल गर्नबाट नरोक्ने निर्णय गरेको जानकारी दिएकी हुन् । एमसीसीबारे सत्ता गठबन्धनमा विवाद चर्किरहेको छ ।
विवादका कारण प्रधानमन्त्री देउवाले एमसीसीलाई संसदमा टेबल गर्न सकिरहेका छैनन् । सर्वदलीय बैठकमा एकीकृत समाजवादीले एमसीसीबारे निर्णय गर्न समय माग गरेको थियो ।






















