ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश, लिङदेनले माला लगाएर गरे स्वागत

जगत ठाडा मगर
२०७८ फाल्गुन ६ | मध्यान्ह ०१:११ बजे

काठमाडौं, फागुन ६ । ज्ञानेन्द्र शाहीले नेतृत्व गरेको ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको छ ।
राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा आज आयोजित एक कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले शाही लगायतको समूहलाई पार्टी प्रवेश गराएका हुन् । शाही सहित उनको अभियानका करिब ४५० जना राप्रपामा प्रवेश गरेका छन् ।
शाही राप्रपामा प्रवक्ता बन्ने गरी भित्रिएका हुन् । यसअघि भ्रष्टाचार विरोधी अभियन्ताका रुपमा चिनिएका उनी अब राजतन्त्रको एजेन्डालाई आत्मसात गर्दै मुलधारको राजनीतिमा आएका छन् ।






















