Opens in a new tab

मौसम

नेपालबाट बाहिरियो पश्चिमी वायु

जगत ठाडा मगर
२०७८ फाल्गुन ६ | बिहान ०६:११ बजे

काठमाडौ । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यसअघि नेपालको मौसममा आंशिक प्रभाव पारिरहेको पश्चिमी वायुबाट विकसित न्यून चापीय प्रणाली बिहीबार साँझ बाहिरिएको

यतिबेला (शुक्रबार बिहान) पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

महाशाखाद्वारा आज बिहान ६ बजे जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो पहाडी भेगमा आंशिक बदली र देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भेगका एक वा दुई स्थानमा भने हल्का वर्षा हुने सम्भावना छ।

शुक्रबार (आज) राति पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षाको हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। जसमा भनिएको छ : बिहान र बेलुकीको समयमा चिसो रहने हुनाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

कमेन्टहरु