राजनीति

कांग्रेसको बाँकी १६ जिल्लाको अधिवेशन फेरि सर्‍यो,

जगत ठाडा मगर
२०७८ फाल्गुन ६ | बिहान ०६:११ बजे

काठमाडौं, फागुन ६ । नेपाली कांग्रेसले अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन १५ गते गर्ने निर्णय गरेको छ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बिहीबार बसेको बैठकले यसअघि फागुन १३ गते निर्धारण गरेको अधिवेशन दुई दिनपछि गर्ने निर्णय गरेको सचिव केशव रिजालले जानकारी दिए।

कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलाली जिल्लामा अधिवेशन हुन बाँकी छ ।

यस्तै बैठकले १६ जिल्ला बाहेकका जिल्लामा निर्वाचन हुन बाँकी महासमिति सदस्य पदको निर्वाचन र जिल्ला कार्य समिति मातहतका पालिका र वडा कार्य समितिका बाँकी निर्वाचन फागुन १० गते भित्र समेत हुने निर्णय गरेको छ।

photo 2022 02 18 06 46 44

कमेन्टहरु