Opens in a new tab

देश

गणेशका मूर्ति चोरी गरेको आरोपमा दुई जना पक्राउ

जगत ठाडा मगर
२०७८ फाल्गुन ५ | बिहान ०६:११ बजे

काठमाडौं, फागुन ५ । नेपाल प्रहरीले गणेशका मूर्ति चोरी गरेको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले ढलौट चोरेर ठमेलबाट डल्लुतर्फ जाँदै गरेको अवस्थामा सिन्धुपाल्चोक जुगल गाउँपालिका–५ का १८ वर्षीय सुदीप नेपाली र रसुवा गोसाइँकुण्ड गाउँपालिका–५ का १८ वर्षीय रमेश बागदासलाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेशराज मैनालीले चार थान ढलौटको मूर्तिसहित सुदीप र रमेशलाई पक्राउ गरिएको जानकारी दिए। उनीहरुबाट प्रहरीले दुई किलो १०० ग्राम गणेशको मूर्ति, एक किलो ३०० ग्रामको गणेशको मूर्ति, एक किलो २०० ग्रामको गणेशको मूर्ति र एक किला ५०० ग्रामको बुद्धको मूर्ति बरामद गरेको छ।

दुवै जनाले ज्याकेटभित्र मूर्ति लुकाएर ल्याएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका उनीहरूलाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद–२० अन्तर्गत दफा २४१ को ‘चोरी गर्न नहुने कसूर’ मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए।

कमेन्टहरु