पश्चिम नवलपरासीको सिमानाकामा सशस्त्र प्रहरीको मिलेमतोमा व्यापक तस्करी


नवलपरासी, फागुन ३ । सशस्त्र प्रहरी बलले सीमा सुरक्षा र भन्सार छली नियन्त्रणको जिम्मेवारी पाएका सशस्त्र प्रहरीको मिलेमतोमा सिमानाकामा तस्करी बढेको छ ।
सीमाबाट हुने चोरी तस्करी नियन्त्रणको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलका सीमा नाकाका अधिकारीहरुले आफ्नो उद्देश्य विपरीत तस्करहरुसँगै सेटिङ गदै लाभ लिने गरेका छन् । सीमानाकामा मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीको मिलोमतोमा नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिकाको गोपीगान्ज, बेलाटारी, बसहिया र भुजहवा नाकाबाट ब्यापकरुपमा तस्करी शुरु भएको छ ।

स्रोतका अनुसार सेमरी बेस क्याम्प सशस्त्र प्रहरी बलका जवान सलमान मिया, फरेन्द्र यादव र डिआईजीको घुमुवा पप्पु गुप्ताले तस्करहरुसँग सेटिङ गरी निर्वाधरुपमा भारतबाट लत्ताकपडा, खाद्यान्न, हार्डवेयर, इलेक्ट्रोनिक पाट्र्स, गाडीको पार्ट्स, भैंसी, बाख्रा भित्र्याउन छुट दिने गरेका छन् ।
त्यस्तै नेपालबाट मदिरा, केराउ, कबड, पोपकार्न (मकई) भारततर्फ तस्करी भएको छ । नाकामा आतङ्क मच्चाउँदै घुमुवा जवान पप्पु गुप्ता, फारेन्द्रा यादव, सलमान मियाँको बारेमा धेरै गुनासो आएपनि डिआइजीले अहिलेसम्म पनि तानेका छैनन् । सशस्त्र प्रहरीका डिआईजीले पनि घुमुवा गुप्ताबाट लाभ लिएर उनलाई संरक्षण गरेका छन् । गुप्ताले तस्करसँग सेटिङ गरेको थाहा पाए पनि घुुमुवाबाट हटाइएको छैन ।

डिआईजी घुमुवा गुप्ताले सेटिङ मिलाएर तस्करीको लाइन दिने गरेका छन् । डिआईजी घुमुवा पप्पु गुप्ता र सेमरी बेस क्याम्पका जवान फरेन्दर यादव, सलमान मियाँले राती आफै सीमामा गएर भारतबाट लत्ता कपडादेखि भैसी, बाख्रा र रक्सी सीमा वारपार गराउने गरेका छन् । तस्करीको लाइन दिने र तस्करहरूबाट रकम उठाउने काम सेमारी बेस क्याम्प निरीक्षक अधिकारीले राखेका घुमुवा यादवले गरिरहेका छन् ।
डिआईजी घुमुवा पप्पु गुप्ता र सेमारी बेस क्याम्पका जवान फारेन्द्रा यादव सादा पोशाकमै खटिने गरेको स्रोतले जनाएको छ। सीमानाकामा हुने गरेको तस्करी गतिविधि बन्द गराउने र देशको राजस्व बढाउने नाममा खटिने गरेको सशस्त्र प्रहरी संगठनभित्रै रहेका यस्ता बदनाम प्रहरीले गर्दा संगठनकै नाम बदनाम भएको छ । संगठनको छविको धज्जी उडाउँदै पावरको गलत प्रयोग गरी गुप्ताले वर्दीलाई कमाई खाने भाँडो बनाएका छन् ।
























