देश

साना बच्चाहरुपनि बलात्कृत भयकाे समाचार ले तपाईंको मन दुख्दैन राष्ट्पति ज्यु?? सपना राेका मगर

नवलपुर टुडे
२०७७ पुस १२ | मध्यान्ह ०७:०९ बजे

पुस १२ बुटवल।
प्रभावशाली महिलाको सूचिमा परेकी सपना रोका मगरले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेकी छन् । उनले नेपालमा महिला, बालबालिका तथा सडक बालबालिकाको अवस्था निकै नाजुक रहेको भन्दै राष्ट्रपति भण्डारीलाई यसबारेमा आफ्नो अनुभव समेत सुनाइन् । यो समस्या समाधानमा पहल गरिदिन उनको आग्रह थियो ।

महिला राष्ट्रपति भएको देशमा नै यतिधेरै महिला र बालबालिकाले पीडा भोगिरहेको भन्दै यसबारेमा गम्भीर बनिदिन आग्रह गरिन् ।स-साना बालिका बलात्कारको शिकार भएर मर्नु परेको दुःखद अवस्था रहेकोले यो अवस्थाको निराकरणका र दोषिलाइ कारबाहि गर्न उनले अपील गरेको सपनाले नवलपुर टुडे लाईस‌ंग बताइन् ।

बीबीसीको सन् २०२० मा विश्वका १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपनाले नेपालका बेवारिसे सवहरुको व्यवस्थापन गर्दै आएकी छिन् ।

राष्ट्रपतिसँग रोका मगरले बेवारिसे र बेसहाराहरुको उचित किसिमको व्यवस्थापनका साथै सरकारबाट मानवसेवाको लागि छुट्टाइएको बजेट सही ठाउँमा सदुपयोग गर्न पनि आग्रह गरिन् ।

कमेन्टहरु