Opens in a new tab

देश

झापामा शंकास्पद बस्तु राखेको आशंकामा केही व्यक्ति प्रहरी नियन्त्रणमा

जगत ठाडा मगर
२०७८ फाल्गुन २ | मध्यान्ह ०७:११ बजे

झापा, फागुन २ । झापामा दुईवटा स्थानमा शंकास्पद बस्तु राखेको आशंकामा केही व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । झापाको बिर्तामोड र दमकमा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद बस्तु राखेको अभियोगमा प्रहरीले केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।

तर प्रहरीले भने उनीहरूको नाम र संख्या खुलाएको छैन। केही व्यक्ति नियन्त्रणमा छन्। संख्या र नाम भन्न अहिले मिल्दैन।’ प्रहरी स्रोतले भन्यो । जिल्ला प्रहरी कार्यालय झापाको टोलीले विभिन्न स्थानबाट ती व्यक्तिलाई नियन्त्रणमा लिएको एक प्रहरी अधिकारीले बताए।

प्रहरी स्रोतका अनुसार केही व्यक्ति अझै फरार रहेका छन्। उनिहरुको खोजी कार्य गरिरहेको बताएका छन ।
झापाको बिर्तामोडमा माघ ९ गते र दमकमा माघ १३ गते बम जस्तो देखिने शंकास्पद बस्तु फेला परेको थियो। ती स्थानमा हिमाल सुरक्षा परिषद्को नाममा एउटा पर्चा पनि भेटिएको थियो।

पर्चामा हिन्दु राष्ट्र स्थापना हुनुपर्ने, संघीयता खारेज गर्नुपर्ने, एमसीसी सम्झौता खारेज हुनुपर्ने लगायतका माग उल्लेख थिए।

कमेन्टहरु