राधिका मगरको संयोजकमा वडा नारी सभा गठन


नवलपुर । मंगोल नेशनल अर्गनाइजेशन -डा.गोपाल गुरुङ जिल्ला सभा नवलपुरको आयोजनामा बिनय त्रिबेणी गाउँपालिका ४ मा एक दिने मंगोलवाद प्रशिक्षण तथा नारी सभा गठन गरेको छ ।

उक्त कार्यक्रममा स्थानियहरुको बाक्लो उपस्थित रहेको थियो । कार्यक्रममा संघिय संयोजक वीर लाल वालाहाङ राई, प्रमुख अतिथि रहनुभएको थियो । त्यसैगरी विशेष अतिथी संघिय संचार प्रमुख जीवन मंगोलले प्रशिक्षण दिनुभएको थियो । अतिथिहरुमा संघिय सदस्य वीर बहादुर तामाङ, पुर्खाराम प्रजा, सुनसरी नारी सभाका अध्यक्ष अमृता राई र नवलपुर जिल्ला सभाका सदस्यहरु रहेको थियो ।

कार्यक्रममा इन्द्रेणी आमा समूह सितलटाँडीका जुना थापा मगरले स्वागत मन्तव्य दिनुभएको थियो । त्यसैगरी समाजसेबी खिलबहादुर आले, ४ नम्बर वडा अध्यक्ष जस बहादुर कुवर मगर, संघिय सदस्य पुर्खाराम प्रजाले मन्तव्य राख्नु भएको थियो ।

संघिय संयोजक वालाहाङको महत्त्वपूर्ण भनाई पश्चात् उक्त वडामा राधिका मगरको संयोजकमा १७ सदस्यीय नारी सभा गठन भएको छ । कार्यक्रमको अबसर पारी नवलपुर टुडेका प्रबन्धक निर्देशक जगत ठाडा मगरले सोही स्थानका इन्द्रेणी आमा समुहलाई दुई वटा सिलिङ पंखा र बीस वटा प्लाष्टिकका कुर्चि हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रम नवलपुर जिल्ला सभाका अध्यक्ष चित्रबहादुर घर्ती मगरको सभापतित्वमा बिनय त्रिबेणी गाउँपालिका वडा नम्बर ४ शितलटाँडी स्थित सानोमनी सिद्ध प्राथामिक बिद्यालय प्राङ्गणमा नवलपुर जिल्ला सभाका सचिब सरोज पुन मगरको संचालनमा सम्पन्न भएको थियो ।























