मंगाेल नेशनल अर्गनाइजेसन “गाेपाल गुरुङ” नवलपुर जिल्ला सभा सम्पन्न


पुस १० नवलपुर ।
नवलपुर जिल्ला सभाद्वारा आयोजना गरियकाे
कार्यक्रम बिनय त्रिबेणी गाउँपालिका वडा नम्बर ४ शितलटाँडी सानोमनी सिद्ध प्राथामिक बिद्यालय प्राङ्गणमा भएको थियो ।

कार्यक्रमका सभापतित्व जिल्ला सभा अध्यक्ष चित्र बहादुर घर्ती मगर, प्रमुख अतिथि संघिय संयोजक वीर लाल वालाहाङ राई, बिशेषहरु अतिथी संघिय संघिय संचार बिभाग प्रमुख जीवन मंगोल र अतिथी सुनसरी नारी सभा अध्यक्ष अमृता राई, संघिय सदस्य पुर्खा राम प्रजा, वीर बहादुर तामाङ, जस बहादुर कुवर मगर, खिलबहादुर आले, लाल बहादुर थापा मगर तिल बहादुर आले मगर युबा अध्यक्ष मन बहादुर ढेंगा मगर रहेको थियो ।

स्वागत मन्तब्य इन्द्रेणी आमा समूह सितलटाँडी जुना थापा मगरले दिनु भएको थियो । समाजसेबि खिलबहादुर आले, ४ नम्बर वडा अध्यक्ष जस बहादुर कुवर मगर, संघिय सदस्य पुर्खाराम प्रजाले मन्तव्य राख्नु भएको थियो ।
उक्त प्रशिक्षक संघिय संचार प्रमुख जीवन मंगोलले दिनु भएको थियो । संघिय संयोजक वीर लाल वालाहाङले अब ब्रह्माण्डलाई सत्तामा पुर्याउन नमिल्ने र यसको निम्ति मंगोल मंगोल एक हुन आबश्यक रहेको बताएका थिए ।

नवलपुर टुडेका संचालक तथा संचारकर्मि “जगत ठाडा मगर”द्वारा बिनय त्रिबेणी गाउँपालिका वडा नम्बर- ४ सितल टाँडी स्थित इन्द्रेणी आमा समुह २० वटा प्लाष्टिक कुर्चि र दुईवटा सिलिङ पंखा बितरण गरेको थियो । यस अघि घुसेरी आमा समुहलाई १५ वटा कुर्ची बितरण गरिएको थियो ।
प्रशिक्षण पश्चात् राधिका मगरको संयोजकमा १७ सदस्यीय बिनय त्रिबेणी गाउँपालिका ४ नम्बर वडा नारी सभा गठन गरेको छ ।























