Opens in a new tab

देश

सौता मारेको आरोपमा महिला पक्राउ

जगत ठाडा मगर
२०७८ माघ २६ | बिहान १०:१० बजे

बैतडी । हत्याको आरोपमा बैतडीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका २ मल्लागाउँकी ५५ वर्षीया नारु महरा रहेकी छिन्।

महरालाई उनकी सौता ४० वर्षीया चन्द्रा महराको हत्याको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। चन्द्राका माइती पक्षले दिएको जाहेरीका आधारमा नारुलाई पक्राउ गरिएको हो। पक्राउ परेकी नारुले बयानका क्रममा सौताको हत्या गरेको स्वीकार गरेको शाहीले बताए।

प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ। यही माघ १८ गते चन्द्रा घर नजिकैको बाँझो घरमा मृत फेला परेकी थिइन्। उनको घाँटी र मुखमा चोट थियो। नारुले घटना अघि पनि चन्द्रालाई कुटपिट गर्ने गरेकी प्रहरी अनुसन्धानबाट खुलेको छ। रासस

कमेन्टहरु