Opens in a new tab

देश

आठ लाख ६२ हजार डोज एस्ट्राजेनिका खोप नेपाल आइपुग्यो

जगत ठाडा मगर
२०७८ माघ २४ | मध्यान्ह ०१:१० बजे

काठमाडौं, माघ २४ । सोमबार नेपालमा थप आठ लाख ६२ हजार ८० डोज एस्ट्राजेनिका खोप आइपुगेको छ ।

बेलायत सरकारले सहयोगमा कोभ्याक्सअन्तर्गत प्रदान गरिने २१ लाख ७४ हजार १६० मात्रा खोपमध्ये आठ लाख ६२ हजार ८० मात्रा खोप आज बिहान काठमाडौं आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा. सुरेन्द्रले चौरासियाले जानकारी दिनुभयो ।

बाँकी १३ लाख १२ हजार ८० मात्रा खोप फ्रेबुअरी १४ तारिख अर्थात् फागुन २ गते नेपाल ल्याइने डा. चौरासियाले बताउनुभयो । नेपालले विभिन्न माध्यमबाट हालसम्म चार करोड ५७ लाख आठ हजार ६४० मात्रा खोप प्राप्त गरेको छ ।

कमेन्टहरु