Opens in a new tab

देश

काठमाडौको एक होटेलबाट अनलाइन जुवा खेलिरहेका ७४ जना पक्राउ

जगत ठाडा मगर
२०७८ माघ १७ | बिहान ११:१० बजे

काठमाडौं, माघ १७ । काठमाडौबाट अनलाइन जुवा खेलाएको आरोप प्रहरीले ७४ जनालाई पक्राउ गरेको छ । बौद्धस्थित प्लटिङ नजिक रहेको एक रेस्टुरेन्टमा जम्मा भएर अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा उनीहरूलाई आइतबार साँझ पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेश राज मैनालीका अनुसार दोलखा घर भई हाल बानेश्वर बस्ने ३० वर्षीय सुवास घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टमा कोभिड–१९ महामारीको विषम परिस्थितिमा ठुलो सङ्ख्यामा मानिसहरू भेला भई अनलाइन बिङ्गो खेलिरहेको सूचना प्रहरीले पाएको थियो । सोही सूचनाको आधारमा महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट संयुक्तरुपमा खटिएको प्रहरीले टोलीले छापा मारी उनीहरूलाई पक्राउ गरेको हो ।

मैनालीका अनुसार उनीहरूको साथबाट मोबाइल, बिङ्गो खेलमा प्रयोग हुने कुपन र नगद बरामद गरिएको छ । पक्राउ पर्नेमा ६६ जना पुरुष र ८ जना महिला रहेका छन् । उनीहरूको साथबाट प्लास्टिकको बट्टाभित्र रहेको ७० हजारसमेत गरी कूल ६ लाख १८ हजार २५० रुपैयाँ बरामद गरेको उनको भनाइ छ ।

कमेन्टहरु