एमएनओ – डिजिजि मकवानपुरको हेटौडामा कार्यालय स्थापना


मकवानपुर, पछिल्लो समय मुलबासी मंगोलको हकअधिकारको निम्ति देशैभरी आफ्नो संगठन बिस्तार र प्रशिक्षण ब्यापक अगाडि बढाईरहेका मंगोल नेशनल अर्गनाइजेशन -डा.गोपाल गुरुङ संगठन जिल्ला सभा मकवानपुरले हेटौंडा उपमहानगरपालिकामा जिल्ला कार्यालय स्थापना गरेको छ ।
मकवानपुर जिल्ला सभाको कार्यालय स्थापना गरि हेटौंडामा सोमबार भब्य कार्यक्रमको आयोजना गरि संगठनले कार्यालय उट्घाटन गरेको समाचार नवलपुर टुडेलाई प्राप्त भएको छ । साथै उक्त कार्यालय उट्घाटन पश्चात् विभिन्न पार्टी र संगठनका उपस्थितिहरुलाई प्रशिक्षण समेत गरेका थिए ।
कार्यक्रममा केन्द्रिय सदस्यहरु, आरेन मंगोल, नरेन्द्र थुलुङ, पुर्खाराम प्रजा, वीरबहादुर तामाङ, मुलबासी न्युजका संचालक नयन्द्र चाम्लिङ, मकवानपुर जिल्ला अध्यक्ष राजकुमार स्याङ्तान, जिल्ला सचिब होम बहादुर राई, मकवानपुर जिल्ला युवा अध्यक्ष सुर्य रुम्बा, युबा सचिब मनलाल पाख्रीन,सदस्य शेरबहादुर पाख्रीन, कोषाध्यक्ष शरण पाख्रीन, बागमती प्रदेश युवा सल्लाहकार रोशन लामा र बागमती प्रदेश युवा प्रमुख मन्दिरा मोक्तानको उपस्तिथिमा कार्यालय उट्घाट्न गरेको हो ।
कार्यक्रम मकवानपुर जिल्ला सभाका आयोजनामा अध्यक्ष राजकुमार स्याङ्तानको सभापतित्वमा सम्पन्न भएको थियो ।






















