Opens in a new tab

खेलकुद

इंगल्याण्डविरुद्धको टी–२० सिरिजमा वेस्ट इन्डिजको कब्जा

जगत ठाडा मगर
२०७८ माघ १७ | बिहान ०७:१० बजे

काठमाडौ । इंगल्याण्डविरुद्धको टी–२० सिरिजमा वेस्ट इन्डिजले जित हात पारेको छ।आइतबार भएको अन्तिम तथा पाँचौं टी–२० मा इंगल्याण्डलाई १७ रनले हराउँदै वेस्ट इन्डिजले सिरिजमा कब्जा जमाएको हो।

वेस्ट इन्डिजका जेसन होल्डरले अन्तिम चार बलमा लगतार चार विकेट लिए। म्यान अफ द म्याच बनेका उनले समग्रमा २७ रन दिएर ५ विकेट लिए। पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७९ रन बनाएको थियो।

१८० रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रिएको इंगल्याण्डले १९ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १६२ रन मात्र बनाउन सक्यो। इंगल्याण्डका जेम्स भिन्सले ५५ तथा साम बिलिङ्सले ४१ रन बनाए पनि त्यो जितका लागि पर्याप्त रहन सकेन।

वेस्ट इन्डिजका लागि होल्डरले ५ तथा एकेल होसेइनले ४ विकेट लिए। यससँगै वेस्ट इन्डिजले ३–२ ले सिरिज आफ्नो नाममा पारेको हो।

कमेन्टहरु