Opens in a new tab

मौसम

आगामी तीन दिनको मौसम पूर्वानुमान

जगत ठाडा मगर
२०७८ माघ १७ | बिहान ०७:१० बजे

काठमाडौ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पहाडी भू-भागमा आंशिक बदली रही तराईका भू-भागमा हुस्सु, कुहिरो लागेको छ।

सोमबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ।चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध पनि गरेको छ।

यता मंगलबार प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ । प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै मधेस प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यस्तै बुधबार दिउँसो : प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

कमेन्टहरु