रामग्राम नगरपालिकाले बाँडिएको दाउरा लुत


रामजी प्रजापती
नवलपरासी, ६ माघ । देशभर बढिरहेको असामान्य चिसोबाट बच्नको लागि आम उपभोक्तालाई मध्यनजर गर्दै शहर बजारका मुख्य चोकहरूमा वितरण गरिएको दाउरा चोरी हुन थालेका छन् ।
नवलपरासीको रामग्राम नगरपालिकाको पहलमा नगरका मुख्य चोकमा वितरण गरी राखिएका दाउरा चिसो नघट्दै चोरी हुन् थालेका छन् ।
रामग्राम नगरपालिकाको वडा नं ४ जीतपुर लगायतका ठाउँहरुमा जाडो छल्न नगरपालिकाले कर्मचारी, स्थानिय, समाजसेवी, प्रहरी, पत्रकार लगायतको उपस्थितिमा वितरण गरी राखिएको दाउरा आफू खुशी स्थानियले घर भित्र्याउन थालेका हुन् ।
बजारको चोकमा राखिएको दाउरा झपक्क साझ परेपछि स्थानियले नैं बोकेर घरमा राख्न थालेको अवस्थाको सिर्जना परासी लगायतको क्षेत्रमा रहेकोले तत्काल नगरपालिकाले ध्यान दिनुपर्ने देखिएको छ ।
समय र परिस्थितिलाई विचार नगरी अवैध रूपमा दाउरा घर भित्र्याउने सबैलाई कानुनी कारवाही अगाडि बढाउन जरुरी देखिन्छ ।






















