देश

ललितपुरको बालकुमारीमा एक व्यक्ति मृत फेला

जगत ठाडा मगर
२०७८ माघ ६ | मध्यान्ह ०२:१० बजे

काठमाडौं, माघ ६ । ललितपुरको बालकुमारीस्थित मनोहरा पुलनजिक आज (बिहीबार) बिहान एक पुरुषको शव भेटिएको छ ।

‘खोलाको छेउमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ। ती व्यक्ति को हुन् र के कारणले मृत्यु भएको भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

थप अनुसन्धानका लागि प्रहरी टोली खटाइएको जनाइएको छ।

कमेन्टहरु