पत्रकार एलबी विश्वकर्माको निधन

जगत ठाडा मगर
२०७८ माघ ६ | मध्यान्ह ०२:१० बजे

काठमाडौं । पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको आज बिहान उपचारका क्रममा मृत्यु भएको ललितपुरस्थित पाटन अस्पतालले जनाएको छ ।
उहाँलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार राती अस्पताल लगिएको थियो । बुधबार राती स्वास्थ्यमा समस्या आएपछि उहाँलाई पाटन अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो ।
अछाम रामारोशन–५ निवासी २४ वर्षीय विश्वकर्माका श्रीमती र एक छोरा छन् ।






















