राजनीति

राजनीतिक समन्वय समितिको बैठक स्थगित

जगत ठाडा मगर
२०७८ माघ ६ | मध्यान्ह ०१:१० बजे

काठमाडौं । सरकार सञ्चालनमा सहयोग गर्न गठित राजनीतिक समन्वय समितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।

बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बस्ने तय थियो । अन्तिम समयमा आएर बैठक स्थगन भएको सन्देश आफूलाई आएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।

बैठक किन स्थगित भयो भन्ने बारेमा केही जानकारी गराइएको छैन । आजको बैठकमा निर्वाचन ऐन संशोधन, तीन तहका निर्वाचनलगायत विषयमा छलफल हुने बताइएको थियो । सत्ता गठबन्धनमा निर्वाचन मिति तोक्ने विषयमा भने दलहरूबीच फरक–फरक धारणा छ ।

कमेन्टहरु