Opens in a new tab

समाज

जोखिम यात्रामा स्वास्थ्यकर्मी

जगत ठाडा मगर
२०७८ माघ ६ | मध्यान्ह १२:१० बजे

बिनोद मण्डल
सिरहा, ०६ माघ । प्राकृतिक बिपत्तिहरु एक पछि अर्को नेपालमा भित्री रहनु नौलो विषय होइन । नेपाल यतिबेला कोरोना मैदानमा लडिरहेको बेला प्राकृतिक बिपत्तिको रुपमा आम नेपालीलाई कोशेढुङ्गा झैं सावित भएको शीतलहर नेपालका तराईका भूभागलाई बिरामी पारेका छन् भने पहाडी र हिमाली क्षेत्रमा हिउँले आफ्नै राज्य कब्जा जमाएको बेला आम जीवन कष्टकर हुनु स्वाभाविक हो ।

हिउँले बाटो बन्द भएपनि स्वास्थ्य सेवामा खटिएका राष्ट्रसेवक कर्मचारी निरन्तर जनताको सेवामा लागिरहेका छन् । कोरोना संक्रमण बढिरहेको बेला अति आवश्यक औषधीका साथ आफ्नो ज्यानलाई मुठ्ठीमा लिएर औषधिको बाकस बोकेर हिउँका डल्लालाई चुनौती दिँदै आफनो गन्तवय यात्रा तय गरिरहेका बागलुङ रणसिंह किटेनी स्वास्थ्य चौकीमा कार्यरत अनमी प्रेम कुमारी केसि आफ्नो कर्तव्य पूरा गर्न हिउँमा घस्रेर यात्रा तय गरेकी छिन् ।

जुन यात्राले उनी असल राष्ट्र सेवक कर्मचारी भएको सहजै अनुमान लगाउन सकिन्छ । नेपालका सबै कर्मचारी वर्गले आफ्नो जबाफदेहिता र कर्तव्य पालन गर्न केसीबाट पाठ सिक्नुपर्ने देखिन्छ ।

कमेन्टहरु