जसपा नेपाल कृष्णनगरले मनायो बलिदानी दिवस


कृष्णनगर, माघ ५ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ मा जनता समाजवादी पार्टी नेपाल कृष्णनगरले आज मधेसी शहिदहरूको सम्झनामा बलिदानी दिवस मनाएको छ ।
कार्यक्रमको प्रमुख अतिथिमा केन्द्रीय परिषद सदस्य अकरम पठान, विशिष्ट अतिथिमा जसपा नेपाल लुम्बिनी प्रदेश सदस्य राम सेवक यादव, पूर्व सांसद प्रत्याशी तथा जसपा नेपाल लुम्बिनी प्रदेश प्रतिनिधि जगदीश प्रसाद चौधरी रहेका थिए । मधेस आन्दोलनका क्रममा शहिदहरूको सम्झनामा मौन धारण तथा दिप प्रज्वलन गरिएको थियो l
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पठानले मधेसी जनताले नेपाल देश बनाउन ठूलो योगदान गरेको र मधेसी जनताको बलिदान व्यर्थ नजाने बताउदै मधेसी जनताको हकहितका लागी आफूहरू सधै समर्पित रहने बताउनुभयो । कार्यक्रममा रामसेवक यादव, बजरंगी गुप्ता, निखिल पाठक लगायतले आ-आफ्नो मन्तव्य राख्नुभयो ।
उक्त कार्यक्रममा मोहम्मद अरबाज खान, राम कुमार लोहार, वृजेश कुमार गुप्ता, राम शंकर जयसवाल, असीष यादव लगायतको सहभागिता रहेको थियो ।






















