मुख्य समाचार

मधेश प्रदेश सरकारद्वारा शहिद र घाइते परिवारलाई आर्थिक सहयोग

जगत ठाडा मगर
२०७८ माघ ५ | मध्यान्ह ०७:१० बजे

सप्तरी, ०५ माघ । मधेश आन्दोनको क्रम्मा शहिद र घाइते भएका परिवारहरुलाई मधेश प्रदेश सरकारले आर्थिक सहयो र प्रमाण पत्र सहित सम्मान गरेको छ ।
बुधबार सप्तरी सदरमुकाम राजविराजमा आयोजना गरिएको चौथो बलिदानी दिवस २०७८ को अवसरमा मधेश आन्दोलनका शहिद परिवार र घाइते प्रति सम्मान कार्यक्रममा सम्मान गरेको हो ।

कार्यक्रममा मधेश प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले उनीहरुलाई आर्थिक सहयोग र प्रमाण पत्र प्रदान गरेका हुन् । मुख्यमन्त्री राउतले भने मधेस आन्दोलनका शहिद परिवारलाई मधेस प्रदेश सरकारले रोजगारबाट बञ्चित रहेका परिवारलाई भरणपोषण बापत प्रदेश सरकारले मासिक २१ हजार रुपैयाँ दिने गरी प्रदेश सरकारले लागेको बताए ।

मधेश शहिद स्मृति प्रतिष्ठानद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा मधेश आन्दोलनमा बलिदानी दिएका शहिद परिवारलाई ३–३ लाखका दरले आर्थिक सहयोगसहित सम्मान गरिएको छ भने आन्दोलनका घाइतेहरुलाई २५ हजारदेखि ३ लाख रुपैयाँसम्म सहयोग गरिएको छ ।

कमेन्टहरु