देश

मन्त्री आलेको निर्देशनमा विमानस्थलबाट पक्राउ परेका क्यासिनो सञ्चालक माइक बोलसोवरले १३ करोड राजश्व तिरे

जगत ठाडा मगर
२०७८ माघ ५ | मध्यान्ह ०५:१० बजे

बुटवल, ०५ माघ । क्यासिनो सञ्चालक अमेरिकी नागरिक माइक बोलसोवरले १३ करोड रुपैयाँ राजश्व तिरेका छन् ।

तीन दिनअघि रोयल्टी नतिरी अमेरिका जान लागेको अवस्थामा पर्यटनमन्त्री प्रेम आलेको निर्देशनमा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

पर्यटन विभागले क्यासिनो सञ्चालन गरेवापतको रोयल्टी नबुझाएसम्म नेपाल नछाड्न समेत भनेको थियो । माइकले काठमाडौंको सांग्रिला होटल र भैरहवाको टाइगर टप्समा क्यासिना सञ्चालन गर्दै आएका छन् ।

बोल्सोभरले सञ्चालन गरेका दुईवटा क्यासिनोले प्रतिक्यासिनो छ करोड ५० लाख रुपैयाँका दरले दुई क्यासिनोको १३ करोड रुपैयाँ पुस मसान्तभित्र दाखिला गर्नुपर्नेमा अटेर गरी भाग्न लागेको थाहा पाएपछि रोक लगाइएको थियो ।

मन्त्री आलेको निर्देशनपछि सञ्चालनमा रहेका आठ क्यासिनो कम्पनीले कम्तीमा पनि ४० करोड रुपैयाँ सरकारको खातामा राजस्व दाखिला गरिसकेका छन् ।

एसएचएल म्यानेजमेन्टले तिलोत्तमा नगरपालिका–६ भैरहवामा २३ कठ्ठा सरकारी जग्गामा पाँच तारे होटल गैरकानुनी ढङ्गले सञ्चालन गरेको आरोप छ ।

कमेन्टहरु