राजनीति

नेकपा एमाले रौतहटको अध्यक्षमा त्रिभुवन शाह निर्वाचित

जगत ठाडा मगर
२०७८ माघ ३ | बिहान ११:१० बजे

काठमाडौं, माघ ३ । नेकपा एमाले रौतहटको अध्यक्षमा त्रिभुवन साह चुनिएका छन्।

एमालेको नवौं जिल्ला अधिवेशनबाट साहको अध्यक्षतामा १३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रुपमा चुनिएको नेता प्रभु साहले जानकारी दिए । यसैगरी उपाध्यक्षमा दीपक यादव, सचिवमा बालविक्रम कार्की, उपसचिवमा पलट चौधरी र रुपेश पटेल चुनिएका छन् ।

प्रदेश २ को सप्तरीमा गत पुस २३ गते नै अधिवेशन भए पनि रौतहटलगायतका जिल्लामा आन्तरिक विवादका कारण अधिवेशन हुन सकेको थिएन ।

कमेन्टहरु