देश

सिरहाबाट पेस्तोल सहित युवक पक्राउ

जगत ठाडा मगर
२०७८ माघ २ | मध्यान्ह ०२:१० बजे

सिरहा, ०२ माघ । सिरहाबाट एक युवकलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा जिल्लाको गोलबजार नगरपालिका वडा नम्वर ६ डोहटिया टोलका २७ वर्षीय पंकजकुमार महतो रहेको सिरहा प्रहरीले जनाएका छन् ।

महतोलाई १ थान म्याग्जिन भएको पेस्तोलसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरमा हातहतियार लुकाई राखेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले पेस्तोलसहित उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु