मौसम

तराईमा बिहान बाक्लो हुस्सु, दिनभरको मौसम कहाँ कस्तो ?

जगत ठाडा मगर
२०७८ माघ २ | बिहान ०७:१० बजे

बुटवल, ०२ माघ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने मौसमविद्ले जानकारी दिएका छन् । हाल देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ । साथै तराईका केही स्थानहरूमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको विभागले जनाएको छ ।

कमेन्टहरु