देश

मंगोल उमेदवार संग काङ्ग्रेस उमेदवार पराजित

नवलपुर टुडे
२०७७ मंसिर २८ | बिहान १०:०८ बजे

सुर्खेत । सुर्खेत चौकुने गाउँपालिका स्थित बण्डाली सामुदायिक बन उपभोक्त समुहको अध्यक्ष पदको निर्बाचनमा नेपाली काङ्ग्रेसका उम्मेद्बारी जंग बहादुर बिकलाई मंगोल उम्मेद्बारी इन्द्रबहाफुर सलामी मगरले ३४ मतको अन्तरले पराजित गरेका छन ।

उक्त गाउँपालिकाको वडा नम्बर ६ र ८ साथै पंचपुरी नगरपालिका वडा नम्वर ९ पर्ने बण्डली सामुदायिक उपभोक्त समुहको लागि निर्बाचन भएको थियो । निर्बाचनमा स्थानिय घरधुरीको आधारमा भोट हालिएको थियो ।

जसमा नेपाली काङ्ग्रेस समर्थक उम्मेद्बारी जंग बहादुर बिकले १७० मत प्राप्त गरेको थियो भने मंगोल नेशनल अर्गनाइजेशन -डा.गोपाल गुरुङ संगठन समर्थक उम्मेद्बारी इन्द्रबहादुर सलामी मगरले २०४ मत प्राप्त गरि बिजय भएको छ ।

उक्त निर्बाचनमा इन्द्रबहादुर सलामी मगरलाई जिताउन सहयोग गर्न संगठनका संघिय सदस्य रतन दर्लामी मगर, तिल बहादुर श्रेष्ठ र जिल्ला अध्यक्ष खेम पुन मगर लागि परेका थिए । निर्बाचन मंसिर २७ गते शनिबार सम्पन्न भएको थियो ।

कमेन्टहरु