देश

दोलखामा बजारको नाम नै मंगोल बजार राखियो

नवलपुर टुडे
२०७७ मंसिर २४ | बिहान १०:०८ बजे

दोलखा । दोलखाको बगली बजारको नाम परिबर्तन गरेको छ । मंगोल नेशनल अर्गनाइजेशन -डा: गोपाल गुरुङ संगठन जिल्ला सभा दोलखाको नेतृत्वमा स्थानिय र पुर्ब सांसदको सहित सहमति र उपस्थितमा मंगलबार बगली बजार नाम परिवर्तन गरी मंगोल बजार राखेको छ ।

संगठनका जिल्ला सभा दोलखाका सक्रिय सदस्य निशंकोच थामीको अध्यक्षतामा कालिन्चोक गाउँपालिका वडा न: ६ मा पर्ने स्थानीय बगली बजारको नाम बिगत लामो समय देखी बगली बजार भनेर चिनिने र उक्त नाम अनर्थ भएको भन्दै स्थानीयको उपस्थिति र पुर्ब सांसद चुन बहादुर थामीको सक्रिय सहभागीता र सहमतिमा बगली बजार नाम परिवर्तन गरि मंगोल बजार राखिएको दोलखा जिल्लाका संयोजक आकाश थामीले नवलपुर टुडेलाई बताए ।

कार्यक्रममा पुर्ब सांसद चुन बहादुर थामी जिल्ला सभा अध्यक्ष आकाश थामी, सचीव सुजन थामी, संगठनका अन्य सदस्यहरु र स्थानियको बाक्लो उपस्तिथिमा बगली बजार नाम परिबर्तन गरि मंगोल बजार गरिएको हो ।

कमेन्टहरु