स्वास्थ्य

काठमाडौंको एक संस्थाले लहान केयर सेन्टरलाई ५० लाखको सामान सहयोग

जगत ठाडा मगर
२०७८ पुस १८ | मध्यान्ह ०८:०९ बजे

महेश सिंह
सिरहा, पुष १८ । सिरहाको लहान नगरपालिकास्थित संचालनमा रहेको लहान क्यान्सर केयर सेन्टरलाई काठमाडौंको एक संस्थाले ५० लाख बराबरको सामान सहयोग गरेको छ ।

लहान नगरपालिका वडा नम्बर ७ स्थित लहान क्यान्सर केयर सेन्टरलाई विभिन्न संघ संस्थाहरुले सहयोग गर्दै आएका छन् । नेपाल क्यान्सर रिलिफ सोसाइटीका केन्द्रिय कार्यबाहक अध्यक्ष महेश श्रेष्ठ, बिमल वडा र किरण श्रेष्ठ लगायतका ब्यक्तिहरुले ५० लाख बराबरको ल्याबका सामान सहयोग गरेका छन् ।

उद्योग बाणिज्य संघ लहान सिरहाका अध्यक्ष अशोक लाल अमात्य र सम्बन्धित वडाको अध्यक्ष राकेश रोशन गुप्ताको रोहबरमा उक्त सामानहरु सहयोग गरेका हुन ।

क्यान्सर रोगबाट ग्रसित भएका बिरामीहरुलाई चेक जाँचमा थप सहयोगका लागी उक्त सामानहरु सहयोग गरेको कार्यवाहक अध्यक्ष श्रेष्ठले बताए।

कमेन्टहरु