सप्तरीमा मोटरसाइकल दुर्घटना २ जनाकाे मृत्यु,चार जना घाइते


सप्तरी, १८ पुस । सप्तरीमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदामा दई जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएकाे प्रहरीले जनाएकाे छ।
सप्तकोशी नगरपालिका वडा नम्बर ४ तुलसी टोलस्थित कञ्चनपुर-फतेपुर सडक खण्डमा स.५प ३११८ र को. २२ प १५५८ नम्बरको मोटरसाइकल एक आपसमा ठाेकिदाँ दुवै मोटरसाइकल चालकको मृत्यु भएकाे सप्तरी प्रहरीका प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।
दुर्घटनामा परी स.५प ३११८ नम्बरको मोटरसाइकल चालक कञ्चनरुप नगरपालिका वडा नम्वर ७ का सुभास बस्नेत र को. २२ प १५५८ नम्बरको मोटरसाइकल चालक उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्वर ९ भिमा टोलका २८ वर्षीय हरिशंकर चौधरीको मृत्यु भएको हो । दुवैको उपचारको क्रममा बिराटनगरमा मृत्यु भएको प्रवक्ता काफ्लेले बताए ।
दुर्घटनामा मृतक बस्नेतकी पत्नी ममता सापकोटा, उनका ८ वर्षीय छोरा सम्मर बस्नेत, एक वर्षीया छोरी सिम्रिका बस्नेत घाइते भएका छन् ।
चौधरीको मोटरसाइकलमा सवार सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्वर ९ बस्ने ३५ वर्षीय रोहित चौधरी पनि घाइते भएको प्रहरीले जनाएकाे छ ।






















