देश

आज देशभर २१६ जना कोरोना संक्रमण पुष्टि, सर्तकता अपनाउन मन्त्रालयको आग्रह

जगत ठाडा मगर
२०७८ पुस १८ | मध्यान्ह ०६:०९ बजे

काठमाडौ । देशभर पछिल्लो २४ घण्टामा थप २१६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सात हजार ६३१ जनाको नमूना परीक्षण गरिएको थियो।

गत २४ घण्टामा २०९ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन्। यससँगै भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १२ हजार ४१९ पुगेको छ। सङ्क्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख ८७ हजार २०६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४८ लाख ७० हजार ३२४ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ३१ हजार ६१९ पुगेको छ। कूलमा सङ्क्रमण दर १७ प्रतिशत छ।

कोभिड विरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा एक लाख ३३ हजार ८१२ पुगेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ९७१ छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ।

यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५९६ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत रहेको छ। प्रतिशत १० लाख जनसङ्ख्यामा मृत्युदर ३८१ दशमलव सात रहेको छ।

कमेन्टहरु