शिक्षा

राज्यले माध्यमिक तह सम्म निशुल्क शिक्षा भनेतापनि विविध कारणले कार्यान्वयन हुन नसकेको शिक्षामन्त्री खाँको भनाई

जगत ठाडा मगर
२०७८ पुस १८ | मध्यान्ह ०५:०९ बजे

रामु भुसाल
नवलपरासी । राज्यले माध्यमिक तह सम्म निशुल्क शिक्षा भनेतापनि विविध कारणले सो कार्यान्वयन हुन नसकेको लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान युवा तथा खेलकुद मन्त्री वशिउद्धिन खांले बताउनुभएको छ ।

पश्चिम नवलपरासीको बर्दघाट ७ मा अवस्थित राष्ट्रिय माध्यमिक विद्यालय माकर बेतहानीको ६२औं बार्षिक उत्सव तथा अभिभावक दिवस समारोहलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै मन्त्री खांले सो कुरा बातउनुभएको हो । उहाँले विद्यालयहरुमा विद्यार्थीहरुको अनुपातमा शिक्षकहरुको दरबन्दी र विद्यालयको भौतीक पुर्वाधारको उचित ब्यवस्थापन नहुदा समस्या आएको र प्रदेश सरकारले सो समस्या न्युनिकरणका लागी काम गरिरहेको बातउदै समस्या छिट्टै न्युनिकरण हुने आश्वासन दिनुभयो ।

photo 2022 01 02 04 09 34

मन्त्री खाँले उच्च शिक्षा हासिल गर्न जेहेन्दार तथा उत्कृष्ट र कम्लरीमुक्त कमैयाका विज्ञान पढ्ने विद्यार्थीहरुलाई प्रदेश सरकारले छात्रवृतिको ब्यवस्था गरेको बताउदै प्रदेश भरिका शैक्षिक सस्थामा भौतीक पुर्वाधारका लागी पर्याप्त बजेट विनियोजन गरेको समेत उल्लेख गर्नुभयो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भिखु थारु कैलासको अध्यक्षता तथा मन्त्री खाँको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बर्दघाट नगरपालिकाकी उपप्रमुख माया देवी पौडेल, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्याय, नगर शिक्षा शाखा प्रमुख ईन्द्र बहादुर कुंवर, शान्ति निकुञ्ज मावीका प्रअ विजयरत्न पराजुली, चिसापानी बहुमुखी क्याम्पसका अध्यक्ष वृहस्पति अधिकारी, बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

photo 2022 01 02 04 09 36

सो अवसरमा विद्यालयका प्रअ शेषकान्त पौड्यालले विद्यालयको प्रगति प्रतिबेदन सहित आर्थिक बर्ष ०७७, ७८ को १ करोड ८६ लाख बराबरको आय ब्यय विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यालयलाई विभिन्न तबरले सहयोग गर्नुहुने सहयोगदाताहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने विभिन्न शैक्षिक गतिविधिमा उत्कृष्ट विद्यार्थीलाई सम्मान समेत गरिएको थियो । विद्यालयका शिक्षक भिमराज पंगेनीको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन शिक्षक सुबाष रेग्मीले गर्नुभएको थियो ।

कमेन्टहरु