राजनीति

माओवादी केन्द्रको निर्वाचन तालिका पुन संशोधन

जगत ठाडा मगर
२०७८ पुस १८ | मध्यान्ह ०२:०९ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य चयनका लागि सहमति जुट्न नसकेपछि निर्वाचन तालिका पुन संशोधन गरिएको छ ।

शनिबार नै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको निर्वाचन समितिले अर्को संशोधन तालिका सार्वजनिक गरेर आइतबार दिउँसो २ बजेदेखि उम्मेदवारी मनोनयन दर्ता र साँझ साढे ६ बजेदेखि मतदान गर्ने निर्वाचन तालिका सार्वजनिक गरेको थियो ।

अहिले तेस्रो पटक सारेर दिउँसो ४ बजेका लागि निर्वाचनको संशोधित कार्यतालिका सार्वजनिक गरिएको छ ।

photo 2022 01 02 00 44 30

कमेन्टहरु