देश

पाल्पामा शव बोकेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो, ३ जनाको सनाखत (अपडेट)

जगत ठाडा मगर
२०७८ पुस १८ | मध्यान्ह ०२:०९ बजे

काठमाडौं । पाल्पामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । बुटवलदेखि रिडी शव लिएर हिँडेको बस पाल्पाको रिब्दीकोट – २ लघुवामा बिहान भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको प्रहरीले जनाएको छ

घटनामा घाइतेहरूलाई उपचारको लागि पाल्पाको प्रभासमा ल्याइँदै छ । बस सडकदेखि करिब ५० मिटर तल खसेको इलाका प्रहरी कार्यालय हार्थोक पाल्पाले जनाएको छ । बाटो चिप्लो हुँदा बस दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

अर्घाखाँचीको मालारानी गाउँपालिका–२, कुभिण्डे स्थायी घर भई हाल बुटवल रानीगञ्ज बस्दै आएका ७० वर्षीय वीरबहादुर विश्वकर्माको निधनपछि मलामी गएकाहरू चढेको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बसमा अर्घाखाँची मालारानी–२ का धेरै व्यक्ति सवार रहेको बताइएको छ ।

मृतक ८ जनामध्ये तीनजनाको सनाखत भएको छ । आइतबार बिहान साढे १० बजे ३५ जना मलामी सवार लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको हो ।

कमेन्टहरु