आन्दोलनरत जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलायो, पाँचजना घाइते

जगत ठाडा मगर
२०७८ पुस १८ | मध्यान्ह ०१:०९ बजे

जनकपुरधाम, पुस १८ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहामा आन्दोलनरत जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ ।
प्रहरीको गोली लागेर जनमत पार्टीका पाँचजना कार्यकर्ताहरु घाइते भएका छन् । घाइते हुनेमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साह रहेका छन् । वैजनाथ र नथुनीको टाउकोमा तथा अन्यको खुट्टामा गोली लागेको बुझिएको छ ।
गोली लागेर गम्भीर घाईते उनीहरुलाई उपचारका लागि वीरेन्द्र बजार लगिएको छ । टाउँकोमा गोली लागेका २ जनाको अवस्था चिन्ताजनक छ । घटनाबारे विस्तृत जानकारी आउँन बाँकी छ ।






















