सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

जगत ठाडा मगर
२०७८ पुस १८ | मध्यान्ह १२:०९ बजे

काठमाडौं । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । जिल्लाको ईश्वरपुर नगरपालिका–३, सागरनाथ जंगलमा गए राति करिब १२ बजेतिर दुर्घटना भएको हो ।
मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका–१० का २२ वर्षीय अरुण सिंह, २० वर्षीय सरगम विश्वकर्मा र २२ वर्षीय रोहन सिंह रहेका छन् । सागरनाथबाट बयलबासतर्फ जाँदै गरेको बा१९प ७१९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो ।
मोटरसाइकलमा सवार तीनजनाको घटनास्थलमै मृत्यु भएको र शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा ल्याइएको इलाका प्रहरी कार्यालय भक्तिपुरले जनाएको छ ।






















