पाल्पामा शव बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

जगत ठाडा मगर
२०७८ पुस १८ | मध्यान्ह १२:०९ बजे

पाल्पा । पाल्पामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । बुटवलबाट रिडितर्फ शव बोकेर जाँदै गरेको बस पाल्पाको तानसेन–रिडी सडकखण्ड अन्तर्गत रिब्दिकोट–२ लगुवामा दुर्घटना भएको हो ।
लु २ ख ७२७९ नम्बरको बस सडकबाट करिब डेढ सय मिटर तल खसेको र बसमा सवार ७ जनाको घटनास्थलमा मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका डीएसपी मोहन खांणले जानकारी दिए । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा पठाइएको डीएसपी खांणले बताए । मृत्यु हुनेहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।






















