अर्थ

७०० सय रुपैयाँले बढ्यो सुनको मूल्य

जगत ठाडा मगर
२०७८ पुस १८ | मध्यान्ह १२:०९ बजे

काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ७०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ९०० रुपैयाँ तोकिएको छ, जसको मूल्य गत शुक्रबार प्रतितोला ९२ हजार २०० रुपैयाँ थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर एक हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कमेन्टहरु