भारतले अतिक्रमण गरेको नेपाली भूमि नाबी र गुन्जी क्षेत्रमा उत्तराखण्डका गभर्नरको भ्रमण

जगत ठाडा मगर
२०७८ पुस १८ | बिहान ११:०९ बजे

दार्चुला । भारतको उत्तराखण्डका गभर्नर लेफ्टिनेन्ट गुर्मित सिंहले भारतले अतिक्रमण गरेको नेपाली भूमि नाबी र गुन्जी क्षेत्रको भ्रमण गरेका छन् ।
सिंहले अंग्रेजी नयाँ वर्षको पहिलो दिन शनिबार नाबी र गुन्जीको भ्रमण गरेको ट्वीटमा उल्लेख गरेका छन् । उनले त्यहाँ पुगेर सुरक्षा निकाय र स्थानीयसँग अन्तर्क्रिया समेत गरेका छन् । सिंहले भारतीय सीमा सडक संगठनले सीमा क्षेत्रमा गरिरहेको पूर्वाधार विकासको उच्च प्रशंसा गर्दै भारतीय सुरक्षाकर्मीले सीमा सुरक्षामा खेलेको भूमिकाको पनि प्रशंसा गरेका छन्।
उनले लेखेका छन् `गुन्जी र नाबीमा श्रम गरिरहेका सुरक्षाकर्मी तथा यहाँका स्थानीयवासीलाई भेट्न पाउँदा उत्साहित भएको छु ।´






















